labortelevision@gmail.com

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

कलाकार सागर लम्साल ‘बले’ पक्राउ 
 
चैत २१, काठमाडौं । मोडल एवं हास्य कलाकार  कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । लम्साललाई काठमाडौं प्रहरीले सोधपुछका लागि ल्याइएको बताए ।

अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले उनीमाथि बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक वर्षअगाडि अमेरिका गएको समय आफ्नै अपार्टमेन्टमा उनले बलात्कार गरेको ती युवतीले सामााजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी थिइन् ।

‘तिम्रो अपार्टमेन्ट हेरौँ’ भनेर लम्साल आएको र बलात्कार गरेको युवतीको आरोप छ ।

आफूले न्याय पाउनेमा उनले शंका व्यक्त गरेकी छन् । फेरि यस्तै घटना नदोहोरिऊन् भनेर सार्वजनिक गरेको उनले बताएकी छन् ।

आफ्नो बुवालाई घटनाबारे बताउन चाहे पनि नसकेर सामाजिक सञ्जालमार्फत यसलाई बाहिर ल्याएको उनले उल्लेख गरेकी छन् । आफ्नो जिन्दगी नै बर्बाद भएको उनले बताएकी थिइन् । त्यसपछि प्रहरीले ‘बले’को खोजी गरेको थियो ।

प्रतिक्रिया