labortelevision@gmail.com

ट्रेड युनियन खारेजीको निर्णय गलत - यातायात अध्यक्ष भण्डारी


२७ चैत, काठमाडौ । नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले सरकारको ट्रेड युनियन खारेजी गर्ने निर्णय गलत रहेको बताउनुभएको छ । नेपाल यातायात मजदुर संघ, बागमती प्रदेशले आयोजना गरेको प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो विचार राख्नु भएको हो । उहाँले भन्नुभयो- सरकारले सुशासनको नाममा ट्रेड युनियन खारेजीको निर्णय  संवैधानिक अधिकार कुण्ठित गर्न खोज्नु हो । यो गलत छ । 

यातायात क्षेत्रमा अझै योगदानमा आधारित सामाजिक सुरक्षा लागू नभएको बताउनु हुँदै यसबारे सरकार गम्भीर हुनुपर्ने विचार राख्नुभयो । 

नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव बलदेव तामाङले हरेक घटनाक्रममा यातायात क्षेत्र नै बढी प्रभावित हुनेभएकोले तत्काल सामाजिक सुरक्षामा जोड्नु पर्ने बताउनुभयो । यसैगरी हरित यातायातमा जादा न्यायोचित रुपान्तरण हुनुपर्ने समेत विचार राख्नुभयो । 

कार्यक्रममा काउन अध्यक्ष प्रदिप आचार्य , नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम , ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका कार्यवाहक अध्यक्ष शिला के.सि. लगायतले सरकारले ट्रेड युनियन अधिकारलाई कमजोर बनाउन खोजेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले परिवर्तित परिवेशमा ट्रेड आन्दोलनबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम नेपाल यातायात मजदुर संघ बागमतीका अध्यक्ष प्रकाश थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया