labortelevision@gmail.com

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

२४ चैत, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको ट्रेड युनियन खारेज गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाइएको छ । महासंघले सोमबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको हो । 

 नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पत्रकार सम्मेलनमा बोल्नु हुँदै नेपालको संविधानले श्रमिकलाई ट्रेड युनियन गठन गर्न, त्यसमा सहभागी हुन तथा सामूहिक सौदाबाजी गर्न पाउने हक सुनिश्चित गरेको विचार राख्नुभयो । उहाँले श्रमिक अधिकारलाई कमजोर पार्ने कुनै पनि कदम संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डविपरीत हुने बताउनुभयो  । 

युनियनले सुशासनको नाममा सरकारको  निर्णयले श्रमिक आन्दोलनलाई कमजोर बनाउने र लोकतान्त्रिक अभ्यासमा असर पर्ने खतरा औंल्याइएको छ।   

युनियनका महासचिव अजय कुमार राईले अन्तर्राष्ट्रिय श्रम संगठनको  मापदण्डअनुसार संगठन स्वतन्त्रताको अधिकार सुनिश्चित हुने भएकोले  निर्णय  फिर्ता लिनु पर्ने बताउनुभयो । साथै युनियनले न्युनतम पारिश्रमिक बोर्डको खारेजी र सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमबाट मात्र प्रकाशन प्रसारण गर्ने निर्णय लिन समेत माग गरेकोछ । 

नेपाल ट्रेड युनियन कांग्रेसले उत्पादकत्व वृद्धि , गुणस्तरीय सेवा , मर्यादित कामप्रति संरक्षण, सामाजिक संवादमार्फत उत्पादनशीलता वृद्धि तथा गुणस्तरीय सेवा प्रवाहमा प्रतिबद्ध रहेको जनाउँदै सरकारसँग निर्णय सच्याउन आग्रह गरेको छ।

प्रतिक्रिया