२२ चैत, काठमाडौं । नेपाल प्लेटफर्म वर्कर्स युनियनले डिजिटल मोबिलिटी सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युनियनले यातायात व्यवस्था विभागका महानिर्देशक समक्ष ज्ञापनपत्र बुझाउदै राइड सेयरिङ, राइड हाइलिङ, डेलिभरी लगायत सेवामा संलग्न श्रमिकहरूको अधिकार, सामाजिक सुरक्षा र रोजगारीको स्थायित्व सुनिश्चित गर्न माग गरेको हो।
युनियनले प्लेटफर्म अर्थतन्त्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, सेवा प्रदायक कम्पनीहरूको दर्ता तथा पारदर्शी नियमन व्यवस्था लागू गर्नुपर्ने माग गरेको छ। साथै, सेवा सञ्चालनका क्रममा हुने जोखिम न्यूनीकरण, बीमा व्यवस्था, चालक तथा सेवाग्राही दुबैको सुरक्षा र सवारी साधनको आयु निर्धारणमा पनि ध्यान दिनुपर्ने उल्लेख गरेको छ।
त्यसैगरी, इन्धन मूल्यअनुसार भाडा समायोजन, नीति निर्माणमा श्रमिकहरूको सहभागिता गराउनुपर्ने , प्लाटफर्ममा आधारित सवारीलाई पार्किङको व्यवस्था गराउनुपर्ने र सेवा प्रदायक कम्पनीले लिने कमिशन वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्नेमा पनि युनियनले जोड दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com