२८ चैत, काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् आगामी वैशाख १८ र १९ गते काठमाडौमा हुने भएकोछ । यसअघि ट्रेड युनियन कांग्रेसले फागुन २१ गते तोकिए पनि फागुन २१ गते आमनिर्वाचन भएकोले परिषद्को मिति सारिएको थियो ।
परिषद् सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीको संयोजकत्वमा केन्द्रीय समिति, प्रदेश अध्यक्षहरु, आबद्ध संघका अध्यक्षहरु र जिल्ला अध्यक्षहरु सम्मेलित मुल तयारी समिति गठन गरेका छन् ।
यसैगरी प्रचारप्रसार,अतिथि सत्कार,आवास तथा भोजन,पार्षद व्यवस्थापन,मञ्च व्यवस्थापन,स्वयंसेवक उपसमितिहरु गठन गरेका छन् ।
परिषदको उद्घाटन समारोह वैशाख १८ र बन्द सत्र १९ गते प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा हुने नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिनुभयो । परिवर्तित परिवेशमा श्रमजीवीका समस्या समाधान गर्न चुनौतीहरु थप्दै गएको स्वीकार्नु हुँदै श्रमजीवीका समस्या समाधान गर्न परिषदले अबको बाटो स्पष्ट बनाउने कुँवरले बताउनुभयो ।
परिषद् भव्य सफल बनाउन दिनहुुँ विभिन्न बैठक र तयारी एवं विधान संशोधनकालागी विभिन्न समुहमा छलफल भईरहेको परिषद् मुल तयारी समितिका संयोजक एवं नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले बताउनुभयो ।
नवगठित सरकारले सुशासनको नाममा ल्याएको कार्यसुचीको बुदा,१२ ले ट्रेड युनियन खारेज हुने विषयप्रति युनियनले विरोध गर्दै सरकारलाई यसअघि नै फिर्ता लिन चेतावनी दिईसकेकोछ यस विषयमा समेत गम्भीरतापुर्वक परिषदमा छलफल हुने नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले बताउनुभयो ।
परिषदमा देशैभरिबाट पार्षदहरुको सहभागी हुने पार्षद व्यवस्थापन क्रेडेन्सियल उपसमितिका संयोजक एवं नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव बलदेव तामाङले जानकारी दिनुभयो । विधान अनुसार प्रत्येक ३ महाधिवेशन प्रतिनिधि बराबर १ जना पार्षद हुनेगर्दछ । परिषदमा करिब ५०० पार्षद उपस्थित हुने तामाङले जानकारी दिनुभयो । पार्षद १० प्रतिशत युवा र ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था रहेको समेत तामाङ बताउनुभयो ।
परिषदमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका नेतृत्वहरु तथा क्षेत्रगत ग्लोबल युनियनका नेतृत्वहरु समेत सहभागी हुने नेपाल ट्रेड युनियन कांग्रेस विदेश विभागले जनाएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको विधान बमोजिम नै प्रत्येक वर्ष राष्ट्रिय परिषद र प्रत्येक चार वर्षमा नियमित महाधिवेशन हुँदै आएकोछ । ट्रेड युनियन कांग्रेससंग विभिन्न क्षेत्रका २७ वटा आबद्ध संघहरुबाट करिब पाँच लाख सदस्य रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com