labortelevision@gmail.com

विराटनगरमा " सीमा " सार्वजनिक


२४ चैत , काठमाडौ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा नाटककार अर्जुन नेपालद्वारा लिखित नाटक ‘सीमा’ एक विशेष समारोहबीच बिराट नगरमा लोकार्पण गरिएको छ। 

समारोहमा प्रमुख अतिथिका रूपमा प्राध्यापक कविराज न्यौपाने उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता  प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले गरेका थिए। 
 प्रमुख अतिथि न्यौपाने,प्राज्ञ खेम नेपाली, साहित्यकार एवं प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, रङ्गकर्मी भैरव क्षेत्री, समालोचक सीता कोईराला तथा साहित्यकार सरला चापागाईं लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।



विमोचित नाटकको समालोचना निर्मला कोइराला र बाबुराम पोखरेलले प्रस्तुत गरेका थिए। कार्यक्रममा साहित्यकार गोपाल देवान, प्राज्ञ खेम नेपाली तथा प्रा.डा .मेदिनीप्रसाद शर्माले कृति लेखकलाई शुभकामना व्यक्त गरेका थिए।

 खोटाङको रावावेसीमा जन्मेर हुर्केका लेखक अर्जुन नेपालले आफूलाई बाल्यकालदेखि नै नाटकप्रति आकर्षण रहेको र गाउमै पनि नाटकहरू लेखी मंचन गर्ने गरेको उल्लेख गर्दै अभिनय अनुभवकै आधारमा लेखनतर्फ प्रेरित भएको बताए। उनले आफ्नो नयाँ कृति ‘सीमा’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको जानकारी दिए।

कार्यक्रममा साहित्यकार दिनेशराज सुवेदीले अतिथिहरूलाई स्वागत गरेका थिए भने प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया