labortelevision@gmail.com

चौबिसै घण्टा निगरानी गर्नु - रास्वपा सभापति लामिछाने

चौबिसै घण्टा निगरानी गर्नु - रास्वपा सभापति लामिछाने 

 चैत१९, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएकोछ ।

बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो आग्रह गरेका हुन् ।

‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ लामिछानेले भन्नुभयो । साथै, उहाँले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउनु हुँदै  जिम्मेवारी पनि उति नै रहने बताउनुभयो  ।

‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौं भने हामी फेरि कलंकित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन,’ रास्वपा सभापति लामिछानेले भन्नुभयो , ‘रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ ।’

साथै, उहाँले आफूहरू प्रश्न मात्रै देखाउने नभइ जवाफ खोज्न पनि आउने र सिंहदरबार बदल्न सुरु गरिसकेको समेत बताउनुभयो ।

प्रतिक्रिया