labortelevision@gmail.com

सभामुख अर्यालको शपथ आइतबार


चैत २०, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी)ले पद तथा गोपनीयताको शपथ आइतबार(चैत २२) लिने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ ।

सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।

शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया