काठमाडौँ — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यलाई स्थानीय प्रशासनले तत्कालका लागि रोक लगाएको छ।
हालै भएको जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त उक्त भवन भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौँले हस्तक्षेप गर्दै काम स्थगित गर्न निर्देशन दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार प्रहरी टोलीले स्थलमा पुगेर भत्काउने काम रोकेको मात्र होइन, त्यहाँ कार्यरत कामदारहरूलाई पनि हटाएको छ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा घरमा आगजनी भएपछि घटनास्थलबाट डलर तथा नेपाली रुपैयाँ फेला परेको थियो। उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्काल नियन्त्रणमा लिएर अनुसन्धानका लागि सुरक्षित राखेको जनाएको छ।
यसै घटनालाई आधार बनाएर देउवा तथा उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ।
प्रशासनले अनुसन्धान प्रक्रिया पूरा नभएसम्म कुनै पनि संरचना भत्काउने वा परिवर्तन गर्ने कार्य नगर्न स्पष्ट निर्देशन दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com