labortelevision@gmail.com

संकटमा निर्माण व्यवसायी

२७ चैत , काठमाडौं ।  काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले इन्धनजन्य सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ। संघले आज  प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्था जारी रहे निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ - पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थिति तथा युद्धका कारण डिजेल, पेट्रोल, मटितेल लगायतका इन्धनजन्य सामग्रीमा पटक–पटक भएको अस्वाभाविक मूल्यवृद्धिले निर्माण उद्योगमा प्रत्यक्ष असर परेको छ। यससँगै सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीको मूल्य पनि निरन्तर बढ्दा उद्योग धराशायी हुने अवस्थामा पुगेको  छ।



संघले नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस समस्याको समाधानका लागि पटक–पटक पहल गरिए पनि हालसम्म ठोस कार्यान्वयन नभएको गुनासो गरेको छ। निर्माण सामग्रीको मूल्यवृद्धि भए पनि ठेक्का सम्झौतामा मूल्य समायोजन हुन नसक्दा व्यवसायीहरू आर्थिक रूपमा मारमा परेको विज्ञाप्तिमा उल्लेख छ।


संघले तत्काल ‘मूल्य समायोजन मार्गनिर्देशन–२’ जारी गरी सबै सार्वजनिक ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न, साथै निर्माण व्यवसायीहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। अन्यथा निर्माण क्षेत्र थप संकटमा जाने चेतावनी समेत दिइएको छ।


संघका महासचिव पञ्च बहादुर तामाङ (विजय) द्वारा हस्ताक्षरित विज्ञप्तिमा देशभर निर्माण उद्योगमा गम्भीर समस्या देखिएको र यसको तत्काल समाधानका लागि सरकारसंग माग गरेका छन् ।

प्रतिक्रिया