काठमाडौं, १० चैत — मंगलबार सेयर बजार परिसूचक नेप्से उल्लेखनीय रूपमा बढ्दै करिब ८ महिनायताकै उच्च बिन्दुमा पुगेको छ। आज नेप्से २३.८३ अंकले बढेर २९६० अंकमा पुगेको हो, जुन गत साउन १३ यताकै सबैभन्दा उच्च स्तर हो।
आज बजार उकालो लागे पनि कुल कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ।
आजको कारोबारमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
क्षेत्रगत रूपमा व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशतले बढेको छ। यस समूहमा सूचीकृत विशाल बजार कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले बढेपछि समग्र समूहमा उल्लेखनीय सुधार देखिएको हो।
त्यस्तै बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी तथा उत्पादन–प्रशोधन समूहमा पनि सामान्य वृद्धि देखिएको छ। तर होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा लगायतका केही समूहमा भने गिरावट आएको छ।
आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु जलविद्युत, हिमालयन पावर पार्टनर, भुजुङ जलविद्युत र होटल फरेस्ट इन रहेका छन्।
गिरावटतर्फ फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ६.५६ प्रतिशतले घटेको छ। त्यसैगरी मनकामना इन्जिनियरिङ जलविद्युत र मेरो माइक्रोफाइनान्समा पनि उल्लेख्य गिरावट देखिएको छ।
कारोबारका आधारमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रवर्द्धक सेयर, ङादी ग्रुप पावर र शिवम् सिमेन्ट सबैभन्दा बढी कारोबार भएका कम्पनीका रूपमा रहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com