काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले उच्च तहका राजनीतिक व्यक्तिहरूको सम्पत्ति र आम्दानी स्रोतबारे व्यापक अनुसन्धान सुरु गरेको छ।
प्रहरी स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालसहित पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेको चल–अचल सम्पत्ति र आय स्रोतको छानबिन अघि बढाइएको छ। यसै अनुसन्धानको दायरामा आरजु राणाका भाइ भुषण राणा पनि परेका छन्।
यसैक्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभागबाट प्राप्त पत्रका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा शंका देखिएका कारण विभागले पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको घेरामा ल्याउन प्रहरीलाई औपचारिक रूपमा निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सीआईबीले खड्काविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई आजै जिल्ला अदालतमा उपस्थित गराई म्याद थपका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com