२७ चैत,काठमाडौ । अमेरिका र इरानबिच आज पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुँदै छ । अमेरिका र इरानबीच युद्धविरामको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने भएको हो ।
सरिफले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न आमन्त्रित गर्नुभएको छ । पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान अहिले तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ताका रूपमा देखा परेको छ । प्रधानमन्त्री सरिफले ‘इस्लामावाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघि मात्र बुधबार बिहान दुई साताको युद्धविरामका लागि अमेरिका र इरान सहमत भएका हुन् । पाकिस्तानको मध्यस्थतामा अमेरिका इजरायल र इरानबिचको ४० दिने युद्ध रोकिएको हो ।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च नेता र अधिकारीको हत्या गरेका थिए । त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको हो । इरान समर्थित समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com