चैत १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माओवादी पार्टीबाट आएका राम बहादुर थापा ( बादल ) हावी हुँदै गएकोछ । थापालाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।
अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बुधबार पार्टी कार्यालय च्यासलमा भएको बैठकमा जानकारी गराइएको थियो । यसैगरी थापालाई एमालेको संसदीय दलले दलको नेतामा समेत निर्विरोध चयन गरेकोछ ।
दलको नेतामा पुर्व सभामुख सुभाष नेम्वाङको छोरा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङको पनि दावी रहेको थियो तर नेम्वाङले प्रस्तावक र समर्थक नै नपाएको कुरा बाहिर आएकोछ । त्यो कुरा एमालेका नेता कार्याकर्ताहरुले सामाजिक सन्जालमा व्यक्त गरेका अभिव्यक्तिले पनि प्रष्ट पारेकोछ ।
अध्यक्ष ओलीलाई जेन-जी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com