labortelevision@gmail.com

हटाईए श्रम मन्त्री साह

२६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले रास्वपाको सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा लामो समय सम्म निस्कृय रहेकी श्रीमति जुनु श्रेष्ठलाई   आफु मंत्री भए पछि मंत्रीको प्रभावमा  मर्यादाको दुरुपयोग गरी पुन बोर्ड सदस्य नियुक्ति गराएको  कार्यमा संलग्न भन्दै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए ।

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो । मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए ।

तर स्वास्थ मंत्रालयले भने पुन नियुक्ति गरेको नभै निरंतरता दिदै बोर्ड बैठकमा बोलाएको भनी स्पष्ट पारेको छ ।


प्रतिक्रिया