labortelevision@gmail.com

फेवाताल सिमाभित्र बनेको अवैध संरचनामाथि चलायो पोखरा महानगरले डोजर

चैत २१, काठमाडौ ।  फेवातालको सीमाभित्र बनेको  ३२ अवैध संरचनामाथि डोजर चलाएकोछ ।  सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले सीमांकन गरेर पोल गाडेको तालको क्षेत्रफलभित्रका अवैध संरचनामा शनिबार पोखरा महानगरले डोजर चलाइएको हो ।



संरचना भत्काइएको क्षेत्रका स्थानीयले भने कुनै सूचनाबिना डोजर चलाइएको भन्दै लेकसाइडको खहरेदेखि खपौदीसम्म मोटरबाटो अवरुद्ध गरेका छन् ।


महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भने शनिबार पहिलो चरणमा पोल गाडिएको क्षेत्रभित्रका मात्रै संरचना भत्काइएको प्रतिक्रिया दिए ।


सर्वोच्च अदालतको ४ असार २०८० को फैसलाले तालको पानीको उच्चतम सतहका आधारमा सीमांकन गरी सीमाबाट ६५ मिटरका भित्र रहेका संरचनासमेत भत्काउन परमादेश जारी गरेको थियो । ६५ मिटरभित्रका जग्गाको दर्ता खारेज गर्न र ०३२ सालअघि दर्ता भएका जग्गाको मुआब्जा दिएर तालको नाममा ल्याई हरियाली कायम गर्न सर्वोच्चको परमादेश थियो । ४ असार २०८० मै वाटर फ्रन्ट रिसोर्टले अतिक्रमण गरेको संरचना भत्काउने फैसला सर्वोच्चले गरेको थियो ।

प्रतिक्रिया