labortelevision@gmail.com

अमेरिका इरानबीच युद्ध विराम ,घट्यो अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य



२५ चैत, काठमाडौं । अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको भाउ १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको सीएनएनले जनाएको छ । यद्यपि यो मूल्य युद्ध सुरु हुनुअघि फेब्रुअरी २७ मा रहेको ६७.०२ डलरभन्दा अझै माथि नै छ ।

अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले हिजो ट्रुथ सोसलमार्फत इरानलाई समाप्त पार्ने चेतावनी दिए पनि दुई देशबीच दुई साताको लागि युद्ध विराम गर्न सहमत भएपछि सम्भावित युद्ध टरेको छ ।

प्रतिक्रिया