labortelevision@gmail.com

निष्कासित श्रमिक पुनःबहालीको माग गर्दै युनिट्राभद्वारा एयर इण्डिया अगाडि प्रदर्शन

१२ चैत , काठमाडौ । एयर इन्डियाले निस्कासित गरेको श्रमिकहरुको पुरबहानीको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर इन्डिया अगाडि नेपाल ट्रेकिङ  ट्राभल र्‍याफि्टङ एयरलाइन्स श्रमिक युनियन ( युनिट्राभ)ले प्रदर्शन गरेकोछ । युनिट्राभ अध्यक्षको नेतृत्वमा  , महासचिव , जिफन्ट बागमती प्रदेशका अध्यक्ष लगायत  , निस्कासित श्रमिकहरूले एयर ईन्डिया लिमिटेड अगाडि प्रदर्शन गरेको हो । 

प्रदर्शन पश्चात एयर इन्डिया व्यवस्थापन समक्ष माग–दाबी पेश समेत गरिएको छ । मागहरूमा निस्कासित श्रमिकहरूको तुरुन्त पुनर्वहालि गर्नुपर्ने ,  अनुचित श्रम अभ्यासको अन्त्य र श्रम ऐन अनुसार स्थायी रोजगारीको सुनिश्चितता हुनुपर्ने रहेका छन् ।

युनिट्राभका महासचिव सुमन पराजुलिले

“१५ दिनभित्र निस्काशित श्रमिकहरूलाई पुनःबहाली नगेमा थप कानुनी प्रक्रिया सहित सशक्त दबाबमूलक कार्यक्रम अगाडि बढाईने चेतावनी दिनुभयो  ।

बुधबार नै जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको नेतृत्वमा व्यवस्थापनसंग दुई पक्षिय छलफल भएको र केही दिनमा पुन:वार्ता गरि समस्या समाधान गर्न  पहल गरिने आश्वासन व्यवस्थापन  पक्षबाट आश्वासन  दिएको  छ ।

प्रतिक्रिया