labortelevision@gmail.com

बढ्यो गाडीभाडा,विद्युतीय सवारीका हकमा लागु नहुने

२५ चैत, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार विश्व बजारमा इन्धनको मूल्यमा भएको थपघट हुँदा भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । तर विद्दुतीय सवारीसाधनको हकमा भने वृद्धि भएको भाडादर लागू हुने छैन ।  बढेको भाडादर आजैबाट लागू हुने विभागले जनाएकोछ ।

वृद्धि भएको भाडादर अनुसार यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।


विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो । बढेको भाडा दर अन्तरप्रदेशीय गन्तव्यका लागि मात्रै हो ।  एक प्रदेशभित्रको भाडा दर भने प्रदेश सरकारले तोक्नुपर्छ ।

प्रतिक्रिया