२७ चैत,काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज हुँदै छ । श्रम संस्कृति पार्टीकी २५ वर्षीय रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकि सरस्वती लामाले उपसभामुखकालागि उम्मेदवारी हालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठाकुरलाई समर्थन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित भएको छ भने उनी नेपालको इतिहासमै सबैभन्दा कान्छी जेन्जी उपसभामुख बन्दैछिन् ।
आज दिउँसो ४ बजे सञ्चालन हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ ।
२७ चैत २०८२, शुक्रबार ०७:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com