चैत २०, काठमाडौ । सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।आगामी चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका निकालिएको छ।
‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी सभामुखज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम (१) को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ,’ संसद सचिवालयले बिहीबार कार्यतालिका प्रकाशन गर्दै भनेको थियो।
संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
शुक्रबार दिउँसो २ः३० बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।
एकभन्दा बढी उम्मेदवारी परे चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com