labortelevision@gmail.com

पूर्वगृहमन्त्री रमेश लेखक रिहा


२६ चैत, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक  हिरासत मुक्त भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो । सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो ।

उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गौरी बहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि उनी समातिएका थिए ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हिरासतमुक्त भएका छन् ।

प्रतिक्रिया