२२ चैत , काठमाडौ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, बागमती प्रदेशको तेस्रो अधिवेशनले अध्यक्षमा वेदप्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेकोछ । संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध एक महत्वपूर्ण घटक युनियन हो ।
यसैगरी अधिवेशनले उपाध्यक्ष भीमसेन कार्की ,गणेशबहादुर श्रेष्ठ,सचिव शिवकुमार श्रेष्ठ,सहसचिव काईला श्रेष्ठ, कृष्णप्रसाद फूयाल (केदार) र कोषाध्यक्ष डाकबहादुर राउतलाई चयन गरेकोछ ।
आगामी ४ वर्षे कार्यकालकोलागि सदस्यहरु,गिता खत्री,तीर्थमाया लामा, विकास लामा,राजकुमार अधिकारी,ओमलाल पन्थी,घनेन्द्र विष्ट,कविन्द्र प्रधान,विनोद बुढाथोकी,सहबहादुर बिश्वकर्मा,राजकुमार गौतम,छबिलाल चौलागाईं,ओमलाल राजु नापित,धनबहादुर थापा मगर र सुनिल धाजुसहित २२ सदस्य निर्विरोध चयन भएका छन् ।
अधिवेशनले यातायात श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गराउने , पन्जिकरण , यातायातलाई मर्यादित पेशाको रुपमा विकास गर्ने र संगठनलाई थप सशक्त बनाउने प्रस्तावहरु पास गरेकोछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com