labortelevision@gmail.com

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

चैत २०, काठमाडौँ । नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ ।

कांग्रेसले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे कार्की आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी राय, सल्लाह र सुझावसहितको प्रतिवेदन पेस गर्न बिहीबार वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिमा संयोजक खनालसहित पूर्वन्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र (आरसी) गौतम र युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन् ।

उक्त समितिले कार्की आयोगको प्रतिवेदन अध्ययन गरी सात दिनभित्र कांग्रेस केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्घारा जारी गरिएको प्रेस नोटमा जनाएको छ ।

प्रतिक्रिया