labortelevision@gmail.com

ओलि र लेखकलाई तत्काल रिहाई गर्न संसदबाट एमालेको माग

१९ चैत, काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए ।
लगत्तै सभामुख अर्जुननरसिंह केसीले उहाँलाई बोल्न समय दिनुभयो ।


सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गर्नुभयो  ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उहाँले भन्नुभयो , ‘यो गम्भीर आपत्तिको विषय छ । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ ।’
‘आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया