२१ चैत , काठमाडौं। नेपाली कांग्रेस ले संगठनलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित ‘एक महिने जरा अभियान’ सुरु गर्ने भएकोछ।
अभियानकालागि ७७ वटै जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएकोछ । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम केन्द्रीय कार्यालयमा सम्पन्न भएकोछ ।
यसैगरी १५औं महाधिवेशनको औपचारिक तयारी सुरु गरेकोछ । पार्टी महामन्त्री प्रदीप पौडेलका अनुसार अभियानमा खटिएका प्रतिनिधिहरुले महाधिवेशन सम्पन्न गर्नकालागि आवश्यक सदस्यता अद्यावधिक, संगठन सुदृढीकरण, जनतासँग संवाद तथा आगामी बजेट र स्थानीय सरकार सञ्चालनसम्बन्धी सुझाव संकलन गर्नेछ ।
वैशाख १ देखि एक महिनासम्म सञ्चालन हुने अभियानमा देशभरका वडास्तरसम्म प्रतिनिधि परिचालन गरिनेछ। यस अभियानमार्फत अद्यावधिक सदस्यहरूले मात्रै ‘कांग्रेस आईडी’ प्राप्त गरी १५औं महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com