labortelevision@gmail.com

मोरङका सांसदहरूलाई सम्मान

काठमाडौँ। मोरङ समाज काठमाडौँले मोरङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।

राजधानीमा आयोजित उक्त कार्यक्रममा मोरङको विकास, समृद्धि र समन्वयमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले सांसदहरूलाई सम्मान गरिएको  समाजका अध्यक्ष ओम मास्केले जानकारी दिएकाछन । कार्यक्रममा सहभागी सांसदहरूले मोरङको समग्र विकासकालागि सामर्पित रहने प्रतिबद्धता ब्यक्त  गरेका थिए।  उनिहरूले  मोरंगको विकाशकालागि राजनैतिक दलहरूका प्रतिनिधिहरू र  दलहरुबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

सम्मानित सांसदहरूले आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी बनाउँदै मोरङको शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीका क्षेत्रमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, सो अवसरमा समाजद्वारा तयार गरिएको २०८३ सालको वार्षिक क्यालेन्डर पनि सार्वजनिक गरिएको थियो।

मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले  जित हासिल गरेका छन्। 

 मोरङ-१  यज्ञमणि न्यौपाने, | मोरङ-२ कृष्ण कुमार कार्की, | मोरङ-३ गणेश कार्की,| मोरङ-४ सन्तोष राजवंशी | मोरङ-५ आशा झा, मोरङ-६ रुबिना आचार्य रहेका छन ।

समानुपातिक प्रतिनिधिसभा सदस्यहरूमा

प्रेमलाल चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टी  थारु पुरुष |

*रजनी श्रेष्ठ* , राष्ट्रिय स्वतन्त्र पार्टी | महिला |

|*रुक्मिणीदेवी कोइराला,नेपाली कांग्रेस | महिला |

 *प्रमिलाकुमारी गच्छदार* | नेपाली कांग्रेस | मधेसी महिला |

 *गुरूप्रसाद बराल* | नेकपा (एमाले) | खुला रहेका छन ।

कार्यक्रममा समाजका पदाधिकारी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा मोरङसँग सम्बन्धित नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको कुरा  समाजका महासचिब नबिन बानियाले बाताए ।

मोरङ समाज काठमाडौं (Morang Samaj Kathmandu) मोरङ जिल्लाबाट काठमाडौंमा बसोबास गर्ने व्यक्तिहरूलाई एकत्रित गर्ने सामाजिक संस्था हो। यस संस्थाको मुख्य उद्देश्य आपसी सहयोग, सामाजिक एकता र सेवा कार्यलाई अघि बढाउनु रहेको छ।

मुख्य उद्देश्यहरू

मोरङवासीबीच आपसी सम्बन्ध र एकता बढाउने

सामाजिक, सांस्कृतिक परम्परा संरक्षण गर्ने

काठमाडौंमा बसोबास गर्ने सदस्यहरूलाई समस्या पर्दा सहयोग गर्ने

विपद्, बिरामी वा दुःखका बेला राहत उपलब्ध गराउने

 प्रमुख गतिविधिहरू

🩸 रक्तदान कार्यक्रम सञ्चालन

🎉 चाडपर्व ,होली, नब बर्ष सामुहिक रूपमा मनाउने

🤝 राहत वितरण (कोरोना, विपद् आदि समयमा)

🏥 बिरामी तथा घाइतेलाई आर्थिक/स्वास्थ्य सहयोग

📚 सामाजिक तथा जनचेतनामूलक कार्यक्रम

मोरङ जिल्लाबाट काठमाडौं आएका व्यक्तिहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले मोरङ समाज काठमाडौं स्थापना गरिएको हो।  यो संस्था २०५८ सालतिर काठमाडौंमा विधिवत् दर्ता भई सञ्चालनमा आएको  कुरा समाजका  अध्यक्ष ओम मास्केले बाताए ।

यसको स्थापना मुख्य रूपमा:

काठमाडौंमा रहेका मोरङवासीलाई संगठित गर्ने

सामाजिक सेवा विस्तार गर्ने

आपतकालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले गरिएको हो।

समाजले  यसका सदस्यहरूलाई काठमाडौं मेडिकल कलेज मा २५  प्रतिशत, confidentai dental clinic त्रिपुरेश्वरमा  दातको उपचार मा ५-१५ प्रतिशात सम्म,काठमाडौ  प्याथोलोजी ल्याब सङ नेपाल चेकजाँच हुने pathology lab test मा २५-४० प्रतिसत सम्म,भारत मा चेक गाराउनु पर्ने अबस्थामा १५ प्रतिसत र बिराटनगर स्थित न्युरो हस्पिटल मा २० प्रतिसत स्वास्थ उपचार मा छुटको सम्झौता गरिएको र सो को सेवा लिन सबैलाई अनुरोध गरिएको उपाध्यक्ष प्रभात ओझाले जानकारी दिएका छन ।


प्रतिक्रिया