labortelevision@gmail.com

आज राति इरान समाप्त हुने ट्रम्पको चेतावनी

२४ चैत , काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती इरानको एक सभ्यता समाप्त हुने चेतावनी दिएका छन् । उनले आफ्नो सामाजिक संजाल ट्रुथमा स्टाटस लेख्दै आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ डरलाग्दो चेतावनी दिएका हुन ।

हर्मुज जलसन्धि खोल्नका लागि दिइएको समयसीमा आज राति सकिँदै गर्दा ट्रम्पको यो धम्की आएको हो । ट्रम्पले इरानमाथि निरन्तर स्थलगत कारबाहीको धम्की दिइरहेका छन् । यता, इरानले पनि अमेरिकाका साथै उसका सहयोगी राष्ट्रहरूलाई पनि निशाना बनाउने चेतावनी दिएको छ । 

यसअघि ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा हर्मुज जलसन्धि खुलाउन चेतावनी दिँदै इरानका ऊर्जा प्लान्टहरू र पुलहरू ध्वस्त पार्ने कुरा दोहोर्‍याएका थिए । उनले इरानलाई 'एकै रातमा समाप्त गर्न सकिन्छ' भनेका थिए ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ?  नेपालीमा अनुवाद गरि जस्ताको त्यस्तै :

 'आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, जसलाई फेरि कहिल्यै फर्काउन सकिने छैन । म यस्तो होस् भन्ने चाहन्नँ, तर सायद यस्तै हुनेछ । यद्यपि, अब जब हाम्रो यहाँ पूर्ण सत्ता परिवर्तन भएको छ–  जहाँ फरक, अधिक समझदार र कम कट्टर सोचका व्यक्तिहरू हाबी छन् – तब सायद केही धेरै शानदार र क्रान्तिकारी हुन सक्छ । कसलाई थाहा ? हामीलाई आज राति थाहा हुनेछ । जो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमध्ये एक हो । ४७ वर्षको जबरजस्ती, भ्रष्टाचार र मृत्युको सिलसिला अन्ततः समाप्त हुनेछ । इरानका महान् जनतामाथि ईश्वरको कृपा रहोस् !

प्रतिक्रिया